काठमाडौँ। भर्खरै मिस वर्ल्ड २०१८ को टप मोडल प्रतियोगिता सम्पन्न भएको छ। नेपालको प्रतिनिधित्व गर्दै विश्व सुन्दरी प्रतियोगितामा गएकी मिस नेपाल शृङ्खला खतिवडा मोडलिङमा त्यति पोख्त छैनिन् तर पनि उनले नेपालको राम्रो प्रतिनिधित्व गरिरहेकी छिन्।
संसारका ११८ देशका मोडलहरूले उक्त कम्पिटिसनका भाग लिएका थिए। नेपालकी शृङ्खला उत्कृष्ट ३२ भित्र पर्न सफल भइन्। कम्पिटिसनका उनी उत्कृष्ट एक पनि बन्न सक्थिन् तर उनलाई आफैले लगाएको गाउनले धोका दियो। उक्त गाउनको कारण क्याटवाकको त कुरै छाडौँ उनी राम्रो सँग हिड्न पनि सकिनन्।
शृङ्खलाको उक्त गाउन डिजाइनर मनिष राईले बनाएका थिए। गाउनको कारण मनिषको चर्को विरोध पनि भयो। यसैबीच मनिषले आफ्नो इन्स्टाग्राममा पोस्ट राख्दै स्पष्टिकरण पनि दिएका छन्। स्पष्टिकरणमा उनले के भने ? थाहा पाउन भिडियो रिपोर्ट हेर्नुस्।



