काठमाडौँ । नेपालको पहिलो अन्तराष्ट्रिय गायन रियालिटि शो नेपाल आइडलको दोस्रो सिजन एपिवान एचडिबाट प्रसारण भइरहेको छ भने हाल यस शोको २९ एपिसोड चलिरहेको छ ।
हिजोको प्रस्तुतिमा प्रतियोगीहरूले आफ्नो आइडल गायक वा गायिकासँगै आफ्नो प्रस्तुती दिएका छन् भने रवि ओडले पनि आफ्नो आइडलसँग प्रस्तुति दिएका छन् । रविले अहिलेकी चर्चित गायिका टिका प्रसाईंसँग समन्वय गरी गाएका छन् ।

उनले चर्चित गीत नाई मलाई थाहा छैन गीत गाएका छन् जुन टिका प्रसाईँ र संजिव पराजुलीको आवाजमा रहेको छ। यो गीत यी दुईले निकै नै राम्ररी प्रस्तुती गरेका थिए भने यी दुई स्टेजमै नाचेका पनि थिए ।





