पाँचथर, २० माघ । रानीटार–६ स्थित इथुङका गोरे मुखियाको घरमा बिहीबार बिहान आगलागी हुँदा रु २० लाख बराबरको क्षति भएको छ ।
स्थानीय तीनतले काठको घर पूर्ण रुपमा जलेर नष्ट हुँदा सो मूल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आगलागीबाट घरमा भएको किराना पसल, रु तीन लाख ३० हजार, डेढ तोला सुन, सात तोला चाँदी, अन्न, लत्ताकपडा, भाँडाकुँडालगायत सामग्री जलेको थियो । विद्युत् चुहावट भई लागेको आगो स्थानीयवासी र प्रहरीको सहायतामा तीन घन्टापछि नियन्त्रणमा लिइएको थियो ।



