एउटा सामान्य परिवेशबाट अाएर नेपाल अाइडलकाे स्टेजमा उभिएका सुदूरपस्चिमका रवि अाेड टप ६ मा पुग्न सफल भएका छन । सिंगिङ क्षेत्रकै चर्चित रियालिटि साे मानिने नेपाल अाइडललाइ संगितमा लागेकाहरूले ठुलाे सफलताकाे रूपमा हेर्ने गरेका छन । नेपाल अाइडलकाे दाेस्राे संस्करणमा यतिबेला गाला राउण्ड चलिरहेका बेला रवि टप ६ मा अटाउन सफल भएका छन ।
सबै प्रकारकाे गित गाउन सक्ने क्षमता भएका उनि अागामी चरणकाे प्रतिस्पर्धामा अाफुले अझै राम्राे गरेर सबैकाे मन जित्ने बताउछन । सामान्य परिवारमा जन्मिएका उनि नेपाली गित संगितमा केहि गर्ने अठाेट रहेकाे बताउछन । गित संगितमा सक्रिय रुपमा लागिरहेका उनलाइ नेपाल अाइडलले अझै चर्चामा ल्याइदिएकाे हाे । अहिले सामाजिक संजालमा उनकाे गायकिलाइ लिएर चर्चा चल्नुका साथै उनकाे गायकिलाइ मन पराउनेहरूले समर्थन समेत गरिरहेका छन ।
अघिल्लाे हप्तामात्र सर्वाधिक भाेट ल्याउन सफल भएका रवि अाेड सुरक्षित हुदै टप ६ मा अटाएका हुन । जस्ताेसुकै गितलाइ न्याय गर्नसक्ने रविलाइ देश बिदेशमा बस्ने धेरै नेपालीले साथ र समर्थन गरिरहेका छन । कमल खत्रिकाे जाउला रेलैमा गित गाएर अडिसन दिएका उनले त्यसपछि म माैनतामा अल्झिएकाे एउटा जिवन, सम्बाेधन, फेवातालमा साइली, हुइ चम्पा, नाइ मलाइ थाहा छैन लगायतका गितहरू गाउदै जज देखि सम्पुर्ण दर्शककाे मन जितेका छन ।



