– नेपालकै पहिलो २२० केभी प्रसारण लाइनको उद्घाटन गर्न पाउँदा हर्ष र गर्वको महशुस भएको छ । ४०० केभी प्रसारण लाइन अघि बढिरहेको छ । तर, २२० केभी हामीले सञ्चालनमा ल्याइसकेका छौं, यो हाम्रा लागि महत्वपूर्ण विषय हो । यसमा सहयोग गर्ने सबैमा हार्दिक आभार व्यक्त गर्दछु ।

– विकास आयोजनाहरु समयमा पुरा नहुनु निकै दुखलाग्दो विषय हो । निहित स्वार्थवश कतिपय आयोजनाहरु जानीबुझी ढिलो गराइने गरेका छन्, यसलाई बदल्न हामी सबैले संकल्प गरौं ।

– म सरकारको नेतृत्वमा आएपछि हिमाल, पहाड र तराईलाई जोड्ने, राष्ट्रिय एकता कायम गर्ने र विकास आयोजनाहरु समयमै सम्पन्न गर्न अनुगमन र निरीक्षणमा जाने गरेको छु । योपटक सबै क्षेत्रमा पुगेर समयभन्दा अगाडि नै आयोजना सम्पन्न गर्न निर्देशन दिएको छु । सबैले सबैलाई भनेको छ, तोकेको समयभन्दा अगाडि नै गुणस्तरीय काम गर्नुहोस् ।

– समयभन्दा अघि काम सम्पन्न गर्नेलाई पुरस्कारको व्यवस्था गरेको छु, समयमा काम नगर्नेहरुलाई दण्डित गर्ने घोषणा गरेको छु । हामी छिटोका लागि, राम्रोका लागि, गुणस्तरीयताका लागि प्रतिस्पर्धा गरौं ।

– जलविद्युत् र उर्जा क्षेत्रमा नेपालको प्रचुर सम्भावना छ । जनार्दनजीलाई उहाँको क्षमता देखेर नै उर्जा मन्त्रालयको जिम्मा दिएको हुँ । कुलमानजीलाई कार्यकारी निर्देशक बनाउँदा मैले ठूलो संघर्ष गर्नुपर्यो । सही मान्छेलाई सही जिम्मा दिँदा ठूलो उपलब्धि हुन सक्दो रहेछ । व्यवस्थापनमा सुधार गर्यो भने मेहेनत र इमान्दारिता देखायो भने ठूलै काम हुँदो रहेछ ।

– प्रसारण लाइनको अभावमा थुप्रै आयोजना रोकिएका वा सम्भाव्यता अध्ययन नै नभएका हाम्रा अनुभव छन् । विद्युतीकरण नै नेपालको आर्थिक विकास, औद्योगिकरण र आर्थिक समृद्धिको आधार हो । प्रकृतिले हामीलाई ठूलै बरदान नै दिएको छ । विद्युतीकरणले नेपालको भविष्यमै कायापलट ल्याउन सक्छ ।

– विद्युत उत्पादन गरे त्यसको खपत् नेपालमै हुन्छ । विद्युतको बजार छैन भनेर उत्पादनमा ध्यान नदिने सोंच परम्परावादी र रुढीवादी सोंच हो, अझ हजारौं मेघावट विद्युत् नेपालमै खपत हुन सक्छ ।

– आज मन्त्रीपरिषद्को बैठक बस्दैछ । आजको बैठकबाट निर्वाचन आयोगलाई निर्वाचनको कार्यक्रम अगाडि बढाउन आग्रह गरिनेछ, यसले राजनीतिक गतिरोध र अन्यौल हटाउन महत्वपूर्ण भूमिका खेल्नेछ ।

– बिखण्डनवादी शक्तिसामू सरकार चुप लागेर बस्दैन । नेपालको स्वाभिमानमाथि कुनै खालको सम्झौता हुँदैन, त्यसका विरुद्ध सरकार कठोर भएर उभिनेछ । हाम्रो राष्ट्रिय र भावनात्मक एकतालाई कसैले कमजोर पार्न सक्ने छैन ।

– संविधान एक गतिशील दस्तावेज हो । यसलाई संशोधन गर्दै, परिमार्जन गर्दै सबैको स्वीकार्यता बढाएर अघि बढ्नुपर्छ, यसको बिकल्प छैन । तर, एकथरि शक्तिहरु उज्यालो मन पराउँदैनन्, परिवर्तन मन पराउँदैनन्, उनीहरु अध्याँरोमै षड्यन्त्र गर्न रुचाउँछन् । तर, सरकारलाई त्यो मान्य छैन ।

– राष्ट्रिय एकताको परिभाषा सधैं एउटै हुँदैन । सामन्ती कालमा व्याख्या गरिएको राष्ट्रवाद गणतन्त्रको युगमा पनि उस्तै हुँदैन । गणतन्त्रको युगमा समावेशी लोकतन्त्र नै वास्तविक राष्ट्रवाद हो, राज्यमा सबैको समान सहभागिताको व्यवस्था गर्नु नै राष्ट्रिय स्वाभिमान हो, राष्ट्रिय एकता हो ।

– लोडसेडिङ अन्त्य गर्न, विद्युत क्षेत्रका समस्या समाधान गर्न सरकार सधैं तयार छ । म सधैं जनार्दनजी र कुलमानजीको साथमा छु । तपाईहरुलाई कहाँ अप्ठ्यारो पर्छ भन्नुस्, म सबै सहयोगका लागि हरदम तयार छु ।

– मैले आर्थिक क्रान्तिको सपना देखेको छु । राजनीतिक एकता कायम गर्न सक्यौं भने हामीले आर्थिक क्षेत्रमा चमत्कार गर्न सक्छौं । त्यसका लागि राजनीतिक तहमा नयाँ संकल्प आवश्यक छ, म सबैमा अपील गर्न चाहन्छु ।

(खिम्ती-ढल्केबर प्रसारण लाइनको उद्घाटनको क्रममा प्रधानमन्त्री प्रचण्डले व्यक्त गरेको विचारको सम्पादित अंश)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah