मानिसहरु ढिलोसम्म राति अवेरसम्म बस्ने र विहान ढिला सम्म सुत्ने चलन बढि देखिन्छ । तर खासमा सूर्योदय हुनु अघि नै उठ्नु स्वास्थ्यका दृष्टिले निक्कै राम्रो मानिन्छ । सूर्योदय अघिको समयलाई ब्रह्म मुहूर्त भनिन्छ।

यो पुरानो परंपरा हो। हुन त विहान सवेरै उठ्न धेरैलाई गाह्रो पर्छ तर विहान सबेरै उठ्नु उत्तम मानिन्छ।

विहानमा गर्ने पर्ने ३ कामः

उठ्ने वित्तिकै तामाको भाँडाको पानी पिउनुस्..
सूर्योदय अघि उठेर पानी पिउनु राम्रो मानिन्छ। यसलाई उशा पान पनि भन्ने गरिन्छ । विहान पिइएको पानीले शरीरमा रहेको विकारलाई बाहिर पठाउन मद्दत गर्छ। त्यति मात्र होइन सवेरै पानी पिउँदा विभिन्न रोगबाट समेत बँच्न सकिन्छ। यसले हाम्रो त्वचा पनि राम्रो बनाउँछ । विहानमा तामाको भाँडोमा राखेको पानी पिउनु सबै भन्दा उत्तम मानिन्छ।

हत्केलाको दर्शन
विहान उठ्ने वित्तिकै सबै भन्दा पहिलो काम हत्केलाको दर्शन गर्नु पर्छ भनेर ऋषिमुनीहरुले भनेका छन्। यसले हाम्रो दिनलाई शुभ बनाउने शास्त्रमा उल्लेख छ।

हत्केलाको दर्शनपछि हामीले भूमिको दर्शन गर्नु अर्थात जमिनमा ढोग्नु राम्रो मानिन्छ। यसो गर्दा स्वास्थ्य र धन दुवै लाभ हुने बताइएको छ । विहान सवेरै उठ्ने ब्यक्तिको अनुहारमा कान्ति हुने हुन्छ। यसले छालालाई राम्रो राख्छ भने छिटो बुढो देखिने समस्याबाट पनि मुक्ति दिन्छ।

योग ध्यान
विहान उठ्ने वित्तिकै योगा वा ध्यान गर्नु उत्तम मानिन्छ । विहानको हावा र वातावरण कम प्रदुषित हुने र तनाव पनि कम हुने हुँदा यो समयमा ध्यान गर्दा दिनभर दिमाग एकतृत गर्न सकिने विज्ञहरुको भनाइ छ । विहानको हावा स्वास्थ्यवर्धक मानिन्छ । विहान सवेरै उठेको ब्यक्ति दिनभर फ्रेस रहन्छ ।

धार्मिक महत्व
शास्त्रका अनुसार विहान ढिला उठ्दा धेरै कुरा नकारात्मक हुन्छ । अरु उठ्नु अघि नै उठेर आफ्ना नित्य कर्म गर्ने ब्यक्तिलाई दिनभरी सकारात्मक विचार आउने र उर्जा कायम रहने शास्त्रमा उल्लेख छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah