काठमाडौं । राज्यद्रोहको आरोपमा पक्राउ परेका सिके राउतलाई जिल्ला अदालत सिराहाले १० दिन थुनामा राख्न म्याद दिएको छ । बिहीबार जनकपुरबाट पक्राउ परेका राउतलाई शुक्रबार अदालतमा उपस्थित गराइएको थियो ।

राज्य विरुद्धको संगठित अपराधमा मुद्दा चलाउने तयारीमा रहेको प्रहरीले अनुसन्धानका लागि १० दिनको म्याद पाएको इलाका प्रहरी कार्यलय लाहानका डीएसपी राजकुमार केसीले बताए । यसअघि राज्य विरुद्धको अपराधमा विषेश अदालतमा मुद्दा चलाएपनि उनी छुटेका थिए ।

यो पटक भने संगठित अपराधमा मुद्धा चलाइने भएको छ । ‘अदालतले हामीलाई राज्य विरुद्धका संगठित अपराधमा मुद्दा चलाउन अनुसन्धानका लागि १० को म्याद दिएको छ । त्यही अनुसार अनुसन्धान सुरु हुन्छ’ डीएसपी केसीले भने ।

संगठित अपराध अन्र्तगतको मुद्दा चलाउन ६० दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न सक्ने कानुनी व्यवस्था छ । राउतविरुद्ध इलाका प्रहरी कार्यलय लहानले नै मुद्धा दायर गरेकोले त्यहीँको हिरासतमा राखेर अनुसन्धान अगाडी बढाउने बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah