दमक÷किसानको मर्म कस्ले बुझिदिने ? रातबिहान नभनि खेतमा पसिना र रगत बगाउछ तर उत्पादन गरेपछि बिक्रि नभएर खोले ख्वाउनु पर्छ । यस्तो हाम्रो देश नेपाल र त्यो पनि झापामा छ भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ । तर झापाको लखनपुर ४ का किसानहरुको पीडा यस्तै रहेको छ । लखनपुर ४ का किसान ख्यामराज आचार्यका अनुसार अहिले फर्सी ५ रुपिया केजी र फूलकोपी ७ रुपिया केजी समेत बिकेको छैन । नबिकेर खोले ख्वाउन बाध्य भएको उनले जनाए । किसानहरुका लागि सरकार छ भन्ने नलागेको उनले बताए ।
किसानको पीडामा आधारित भिडियो
https://youtu.be/iBJ73FcByr4



