दमक÷ नेपाल पत्रकार महासंघका संस्थापक महासचिब एवं बाम बिश्लेषक बरिष्ठ पत्रकार चन्द्र भण्डारीले आफूले प्रदेशको मन्त्री नताकेको र नबन्ने बताएकाछन् । उनले आफ्नो नाम कहिकतैबाट चर्चामा ल्याएको बताउदै आफू पत्रकारिता क्षेत्रबाट कतै नजाने र बिकृती बिसङगती बिरुद्ध डटेर लडने पनि उद्घोष गरे ।
उनले भारत र चीनले राजा ज्ञानेन्द्रलाई कुनै न कुनै भूमिकामा सक्रिय बनाउन खोजेको समेत बताएकाछन् । उनले केहि दिनभित्रै आफूले यस बिषयमा रहस्य खोल्ने समेत दाबी गरे । झापाको बिर्तामोडमा भएको एक कार्यक्रम उनले नेपालको बाम आन्दोलनमा पत्रकारको भूमिका बिषयमा आफ्नो भनाइ राख्ने क्रममा यस्तो खुलास गर्दै केहि समयमा नै यसको पर्दाफास गर्ने जनाए ।
https://youtu.be/2M6UeUARIs8



