काठमाडौं, २४ माघ । प्रमुख विपक्षी दल एमालेले भारततिर ढल्किएको विदेश नीति बनाउन खोजेको भनेर कटू आलोचना गरेपछि सरकार समस्यामा परेको खुलासा भएको छ ।

सरकारद्वारा प्रस्तावित विदेश नीति कार्यदलमा बस्न एमाले अध्यक्ष केपी ओलीले प्रतिनिधी पठाउन अस्वीकार गरेपछि कार्यदलको बैधानिकतामा प्रश्न उब्धिएको छ ।

ओलीले ‘भारततर्फ ढल्किएर सरकारले पञ्चशीलको सन्तुलित परराष्ट्र नीति खल्बल्याएको’ आरोप लगाइरहेका छन् । उनले आफ्ना सार्वजनिक अभिव्यक्तिमा सो कुरा भन्ने गरेका छन् ।

ओलीले वर्तमान सरकार लम्पसारवादको उत्पादन भएकाले एमालेले कार्यदलमा बस्न अस्वीकार गरेको जवाफ सरकारलाई पठाइदिएको उच्च स्रोतले जनाएको छ ।

‘यो सरकार लम्पसारवादको प्रोडक्ट हो, यस्तो सरकारले साझा विदेश नीति तयार गर्नका लागि प्रतिनिधि पठाइदिनुप¥यो भन्दै खबर पठाएको थियो’, अध्यक्ष ओलीले एक सार्वजनिक कार्यक्रममा भने, ‘जुन सरकारले विदेश नीति के हो भन्ने थाहा पाउँदैन, त्यस्तो सरकारसँग बसेर के साझा नीति बनाउने ठानेर तिमी लायक छैनौ भन्ने जवाफ फर्कायौँ ।’

उच्च स्रोतका अनुसार सरकारले गठन गर्न लागेको कार्यदलमा पार्टीका तर्फबाट वरिष्ठ नेता तथा वैदेशिक मामिला विभाग प्रमुख माधवकुमार नेपालले तीनजनाको नाम सिफारिस गरेका थिए ।

नेपालले विभागीय प्रमुखको हैसियतमा विष्णु रिजाल, दीपकप्रकाश भट्ट र डा. युवराज संग्रौलाको नाम सिफारिस गरेलगत्तै ओलीले ती नाम फिर्ता गरेको बुझिएको छ । नाम फिर्ता गरेलगत्तै अध्यक्ष ओलीसँग नेपाल असन्तुष्ट भएको जनाइएको छ ।

सरकारी कार्यदल गठनका लागि परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले अध्यक्ष ओलीलाई भेटेर नाम पठाइदिन आग्रह गरेका थिए । ओलीले पार्टीमा छलफल गर्ने भन्दै प्रस्ताव नरुचाएपछि नेपालले वैदेशिक मामिला विभाग प्रमुखको हैसियतमा नाम प्रस्ताव गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah