काठमाडौं । नेपाली लोक साँगीतिक क्षेत्रमा चिर परिचित नाम हो केशर लामा । उनको शब्द तथा संगीतमा धेरै नै गीत श्रृजनाहरु बजारमा आएका छन् । मानवीय जीवनका यथार्थतालाई मौलिक तरिकाले शब्दमाला बनाउँने र शब्दको मर्मलाई बुझेर लयाात्मक श्रृजना गर्न माहिर उनै केशर लामाको लय श्रृजनामा अर्को कोशेली डिजिटल बजारमा सार्वजनिक भएको छ । सिता धमलाको शब्द तथा प्रस्तुतिमा रहेको अन्तिम चोटी बोलको गीतको भिडियो सार्वजनिक भएको हो ।
केशर लामा र विष्णु माझीको स्वर रहेको यस गीतको भिडियोमा आशिर प्रताप जंग, सिता धमला तथा एञ्जिला वाईबा तामाङले अभिनय गरेका छन् । करण चैसिरको छायाँकनमा दीपेन्द्र तिमल्सिनाले निर्देशन गरेको भिडियोको सम्पादन मनोज कार्कीले गरेका हुन् भने यसको बजार व्यवस्थापन शिरबन्दी डिजिटलले गरेको हो ।
बाँकी थाहा पाउँन यो भिडियो लिंकमा जानुहोस् :



