हाम्रो मूलक यस्तो छ जहाँ कर्मचारी देवता हुन् उपभोक्ता भक्तजन । भगवान जे गर्छन त्यो राम्रो गर्छन् हामी भक्तजन सेवा गरिरहने । त्यसैले होला हामी सरकारी कर्मचारी जे गर्छन् त्यो सधै स्वीकार गर्छौ । उनिहरुले घूस मागे घूस ख्वाउछौ । रक्सि ख्वाउनु भने रक्सि ख्वाउछौ । घुमाउन लैजाउ भनेपनि घुमाउन पनि लैजाउछौ । य होइन र हाम्रो सत्य वास्तविकता ?
सन्दर्भ बिधूतको । अनि त्यसमा लोडसेडिङको । दमकमा आएर बिद्यूत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भने–‘यहाँ त लोडसेडिङ गर्नु पर्ने अवस्था नै रहनेछ र पर्याप्त बिद्यूत रहेछ ।’ उनले त्यतिमात्र भनेन् उनले थपे–‘किन ? र कसरी लोडसेडिङ भइरहेको छ भनेर सोध्दा त्यो पनि जवाफ नै पाइन ।’ हेरौ त हामी पर्याप्त बिद्यूत हुदाहुदै पनि लोडसेडिङ भोगिरहेका रहेछौ । यहाँका कर्मचारीले लोडसेडिङ गर्नु पर्ने कारण बताउन सकेनछन् । तर हामीले लोडसेडिङकर्ता भगवानलाई अध्यारोमा जप्दै बसेछौ । हाम्रो नियति आफैले आफैलाई कठैबरा भन्नुपर्ने ।
खुबै चर्चा गरियो लखनपुरमा शवस्टेशन शुरु भएपछि आसपासको क्षेत्रमा लाइन जादैन भनेर तर त्यो भएन । आफूलाइ अब्बल नेता बताउनेदेखि सामाजिक कार्यकर्ता भन्ने सम्मले निक्कै शब्द खर्चे तर आखिर हामीले चौबीस घण्टा लाइन पाउन एकादेशको कथा नै बन्यो । आखिर किन खोजे नौ हामीले ? हो लोडसेडिङकर्ता भगवान दूइवटा फिडरमा नियमित लाइन दिएर दूइवटा फिडरमा लोडसेडिङ गरेर मोजमस्ति गरेको हुनुपर्छ । अब यो खोज्ने की नखोज्ने ?
कुलमानले आएर यो क्षेत्र भनेर बिशेष गरि दमक र लखनपुर हुनुपर्छ तत्काल लोडसेडिङमुक्त हुने बताए । उनले त्यतिमात्र भनेनन् अहिले यहाँको बिद्यूत आपूर्तिको अवस्थाले पुर्वी नेपाल नै लोडसेडिङमुक्त हुन्छ भने । आजभोली नै यो सम्भव छ त ? यो कुरामा बिश्वास गर्न सकिन्छ त ? धेरैले बिश्वास गरेका छैनन् । धेरैलाई सम्भव लागेको छैन । मैले देखेको छु म बदलिएको छैन, हामी बद्लिएका छैनौ । झन् ति लोडसेडिङ देवताहरु त तास खेलेर बस्छन् । चाडो लाइन मिचेर मिटर जोडिदिए बापत कमिशन लिन्छन् । मिटर बिगारेर कम यूनिट उठाए बापत मासिक भत्ता लिन्छन् । ठूला उद्योगपतिलाइ लाइन मिलाए दिएबापत भट्टिमा मस्ति गर्छन् । मैले यहि देखेको छु । मैले यहि सोचेको छु ।
कुलमानले पुर्वी नेपाल उज्यालो बन्ने बताए । उनले पर्याप्त बिद्यूत भएकाले र नयाँ बनिरहेका परियोजनाका अब यहाँ लोडसेडिङ कुनै पनि हालतमा नहुने उर्जा मन्त्री जनार्दन शर्माले पनि प्रतिबद्धता जनाए । यस कारण होलाकी भन्ने आशा छ । तर म पनि उस्तै छु । मैले पनि त्यहि देखेको छु । पटक्कै बिश्वास लाग्दैन । मैले जे देखे सबै गफ देखे । मैले जे देखे सबै झुट प्रचार देखे । मैले जे देखे कर्मचारी सुध्रेका छैनन् । मैले जे देखे हामी अझै बोल्न सक्दैनौ । मैले जे देखे हामी अरुलाई दोष दिन्छौ आफू केहि गर्दैनौ । म पनि मैले त्यहि देखे । जो अरुमा मैले जे देखे ।
कस्तो लाग्यो सुझाव कमेन्ट पाउ
जय होस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah