दमक,२९ मंसिर । दुर्घटना न्यूनिकरणका लागि सबैको साझा प्रयास आवश्यक रहेको बताईएको छ । पछिल्लो सयम दमक र आसपासमा दुर्घटना बढेपछि सरोकारवालाहरुले यसमा चिन्ता प्रकट गर्दै साझा प्रयास जरुरी रहेको बताएकाहुन् ।

झापा कन्काई माई ट्याक्टर संघको आठौ बार्षिक साधरणसभाको उदघाटनमा सहभागिहरुले दुर्घटना न्यूनिकरणका लागि सबैको सकारत्मक सहयोगको अपेक्षा राखेको बताएका थिए । दमक वडा नं. ५ वडाध्यक्ष इन्द्र गुरुगंले स्थानीय सरकार सबैसंग समन्वय र सहकार्य गरेर दुर्घटना न्यूनिकणमा लाग्ने बताए ।

दमक ट्राफिक प्रहरी प्रमुख दधिराम दाहालले दुर्घटना न्यूनिकरणमा सवारी धनी तथा चालकहरुको महत्वपुर्ण भुमिका हुने जनाउदै यसमा सजग हुन आग्रह गरे । उनले ट्राफिक नियम पालना गर्न आग्रह गर्दै दुर्घटना न्यूनिकरणमा सहयोगका लागि अपिल गरे ।

सोहि अवसरमा ५ बर्ष दुर्घटना नगराउने ट्याक्टर चालकहरुलाइ सम्मान समेत गरिएको संघका सचिब नविन बरालले बताए । मे.१ त ५१३२ का ट्याक्टर चालक काजीमान तामाङ्ग, मे. १ त. १४५८ का टेकबहादुर थापा र मे. १ त. २७५४ का चालक सोमलाल सतारलाई संघले सम्मान गरेको थियो ।

संघका उपाध्यक्ष चन्द्र गजमेरले स्वागत मन्तव्य राखेका थिए । साधारणसभाको वन्द सत्रले संस्थाका अध्यक्ष थापाले प्रस्तुत गरेको अध्यक्षको प्रतिवेदन र लेखा संयोजक बद्रीप्रसाद खनालले प्रस्तुत गरेको लेखा प्रतिवेदन सुझावसहित पारित भएको जनाइएको छ । २०६४ सालमा स्थापित उक्त संघमा हाल माइपश्चिमका ८० जना ट्याक्टर व्यवसायीहरु आवद्ध छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah