काठमाडौं, पुष ४ । नेपाल आइडल सिजन २ को ‘फाइनल’ मा पुग्न सफल अस्मिता अधिकारी सिने गुरुङको ‘मेरो प्यारो मान्छे तिमी’ गीत गाएर काठमाडौं अडिसनमा देखापरिन् ।

उनको परिवारमा कोही पनि संगीतमा आबद्ध छैन। तर, उनी भने पहिलादेखि नै भजन गाउँथिन्। नेपाल मेडिकल कलेज जोरपाटीबाट बीएस्सी नर्सिङ सकेर आइडलमा आएकी हुन्।

पढाइ र रुचि फरक–फरक भए पनि आगामी दिनमा दुवैलाई सँगसँगै अगाडि बढ्ने उनको सोच छ। ‘सेवाका लागि नर्स, रुचिका लागि गायिका बन्छु,’ अस्मिता भन्छिन्, ‘गीत सुनाउँदै बिरामीको उपचार गर्छु।’ नर्सिङमा मास्ट्र्स गर्ने उद्देश्य लिएकी उनले संगीतलाई व्यावसायिक रूपमा अगाडि बढाउने सोचेकी छिन्।

अरुणा लामा, तारादेवी, नारायणगोपालका गीत उनलाई मन पर्छन्। ‘अञ्जु पन्तको चाहिँ फ्यान नै हुँ,’ उनी भन्छिन्, ‘पहिला पप गीत सुन्ने र गाउने गर्थें। पछि आधुनिक गीत गाउन र सुन्न थालेँ।’ अन्नपूर्ण पोस्ट्बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah