फिल्म गोपीको ट्रेलर सार्वजनिक भएको छ । काठमाण्डौमा एक कार्यक्रम गर्दै निर्माण टिमले ट्रेलर सार्वजनिक गरेको हो । यसअघी फिल्मको एक गीत र पोष्टर सार्वजनिक भइसकेको छ । फिल्ममा विपिन कार्की, सुरक्षा पन्त र वर्षा राउत मुख्य भूमिका प्रस्तुत छन् भने बाल कलाकार स्वर्णीम पौडेलले यही फिल्म मार्फत डेब्यु गरेका छन् । ट्रेलरमा मौलिक र पेचिला संबादलाई समेटिएको छ । देशमै केही गर्छु भन्ने अभिलाषा बोकेका गाईपालक विपिनलाई घर परिवार र समाजबाट गरिएको अपेक्षा र गाई पाल्ने क्रममा आइपर्ने विभिन्न बाधा ब्यवधानको वरिपरी फिल्मको कथा घुमेको आंकलन फिल्मको ट्रेलर हेरेर गर्न सकिन्छ ।

विपिन,सुरक्षा र बर्षाका साथ फिल्ममा अंकीत खड्का, भोला सापकोटा, प्रकाश घिमिरे, रमेश अधिकारी, कुन्ति सिमली, हिउँबाला गौतम, सरोज अर्याल, इन्द्रजित चौलागाईं, केशव राई, कमल मणि नेपाल, अपूर्व गौतम, गणेश मुनाल राम बाबु गौतम लगायतको अभिनय रहेको छ । आरोही इन्टरटेनमेन्टको ब्यानरमा बनेको फिल्मलाई दिपेन्द्र लामाले निर्देशन गरेका हुन् भने पटकथा सामिप्यराज तिमल्सेनाको रहेको छ । आरोही केसीको निर्माण रहेको फिल्मका कार्यकारी निर्माता श्रीधर पौडेल हुन् । फिल्ममा शैलेन्द्र डि कार्कीको छायाङ्कन र निमेष श्रेष्ठको सम्पादन रहेको छ । फिल्ममा विप्लव प्रतीक र बुद्धिसागरले लेखेका गीतलाई न्ह्यू बज्राचार्य, अर्जुन पोखरेल र कल्याण सिंहले संगीत भरेका छन् भने शिव परियार, धुर्व विस्को, एन्जिला रेग्मी लगायतको स्वर सुन्न सकिन्छ । फिल्म माघ १८बाट प्रदर्शनमा आउँदै छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah