भोलि शुक्रबार एपीवान टेलिभिजनबाट प्रसारण भइरहेको नेपाल आइडल–२ को फाइनल हुँदैछ । काठमाडौंको पुल्चोक इन्जिनियरिङ कलेजमा हुने सो ‘ग्राण्ड फिनाले’ यसपाली चारै प्रतियोगी प्रतिस्पर्धामा छन् ।
काठमाडौंको नेपाल इन्जिनियरिङ क्याम्पस पुल्चोकको कलेज ग्राउण्डमा साँझ ६ बजेबाट सुरू हुने बताइएको छ । यसपटकको नेपाल आइडलमा उत्कृष्ट चारबाट नै विजेता घोषणा गरिने छ ।
यसपाली झापाका दुई प्रतियोगी रहेका छन् । जसमा झापाबाट सुमित पाठक र अस्मिता अधिकारी रहेका छन् । सुमित गोल्डेन माइक विजेतासमेत हुन् । यस्तै अर्का गोल्डेन माइक विजेता पनि उपाधिका लागि प्रतिस्पर्धामा छन् । जो हुन् पोखराका विक्रम बराल ।
यस्तै धनगढीका रवि ओड पनि उपाधिका लागि प्रतिस्पर्धामा छन् । ‘नेपाल आइडल’ सिजन–२ का विजेताले २० लाख नगद, एउटा होन्डा डब्लूआर–भी कार, एउटा गीति एल्बमको सम्झौता र वल्र्ड टुर अथवा ५० लाख नगद, एउटा एल्बमको सम्झौता र वल्र्ड टुर मध्ये एक रोज्न पाउने छन् ।
‘मन जित्छ उसले राम्रो गाउँछ जसले’ नाराका साथ सुरु भएको नेपाल आइडल–२ गत साउन २४ देखि सुरु भएको हो ।



