काठमाडौँ। शुक्रवार सम्पन्न भएको नेपाल आइडलको ग्रान्ड फिनालेबाट नेपालले दोस्रो नेपाल आइडल पाए। देशका विभिन्न सहरमा भएका अडिसनहरूबाट छानिएका सयौँ प्रतिस्पर्धीलाई उछिन्दै नेपाल आइडलको ग्रान्ड फिनालेमा पुगेका रविले नेपाल आइडललेको टाइटल जित्न सफल भए।
विजेता हुँदै उनले एउटा गाडी र २२ लाख नगद प्राप्त गरे। फस्ट रनरअप पोखराका विक्रम बराल भए र उनले नगद २० लाख पाए। सेकेन्ड रनरअप सुमित पाठक भए। उनले १५ लाख प्राप्त गरे । झापाकी अस्मिता अधिकारीले सान्त्वना पुरस्कार पाइन्।
नेपाल आइडल जितेपछि पहिलो पटक मिडियामा आएका रवि आफ्नो दुख र नेपाल आइडलको यात्रा सम्झेर भावुक भए। हेर्नुस् उनीसँगको कुराकानी।



