दमक/झापाको दमकमा लामो समयदेखि बिभिन्न सामाजिक क्षेत्रमा लागेर बिशिष्ट पहिचान बनाएकाहरुलाई दमक नगरपालिकाले सम्मान गरेको छ । आफ्नो नीति तथा कार्यक्रम सार्वजनिकरण कार्यक्रममा दमकका बिभिन्न क्षेत्रका अभियान्ताहरु सम्मानीत भएकाहुन् । उनिहरुको योगदानलाई नगरपालिकाले सम्मान गरेको हो ।
को को भए सम्मानित ?
छबिलाल सिटौला20170208_093826
शिक्षा क्षेत्रमा दमकका लागि नबिर्सने नाम हो छबिलाल सिटौला । उमेर एक शताब्दि पुग्न लाग्दा समेत अहिले पनि उहाँ शिक्षा देखि लिएर सामाजिक क्षेत्रमा सक्रिय रहदै आएकाछन् । उनको योगदान दमकमा अतुलनीय रहेकाछन् । नयाँ पुस्ताका लागि उनि एउटा इतिहास बन्न सक्छन् ।

संगम शर्मा20170208_094443
यो नाम दमकको ब्यवसायिक र सामाजिक क्षेत्रमा नौलो नाम होइन दमकका लागि । उनको पहिचान अब दमकमा मात्र सिमित छैन । काठमण्डौमा पनि रहेको छ । संगम स्वीट्सका प्रोपाइटर उनि सामाजिक क्षेत्रमा पनि सक्रिय रहदै आएकाछन् । उनी एक सम्मानित ब्यवसायिक ब्याक्तित्वको रुपमा पहिचान बनाएका ब्याक्ति हुन् ।

20170208_093646पशुपतिराज गौतम
लामो समयदेखि खानेपानीको क्षेत्रमा उनि सक्रिय रहेकाछन् । सादा जिबन जिउने उनि दमकका लागि आदर्श नै मानिन्छन् । उनि जन प्रतिनिधि पनि हुन् पहिला । दमकमा घरघरमा खानेपानी पुर्याउन उनको योगदान ठूलो छ । उनी सामाजिक क्षेत्रमा निरन्तर लामो समयदेखि क्रियाशिल रहिरहेकाछन् ।

शंकर बस्नेत
20170208_093030अभियान्ता बन्नु सजिलो छैन । अनि यसले राम्रो काम गर्यो भनेर कसैले पनि भन्दैन । यस्तो समाजमा यी पात्र एउटा अदभूत पात्र हुन् । जूनसुकै सामाजिक अभियान होस् उनि अघि सर्छन् ।  यसमा पनि सरसफाइ अभियानमा त उनले निक्कै ठूलो भूमिका खेले दमकमा । दमकको बसपार्क निर्माणमा पनि उनको योगदान कम छैन ।

20170208_093936डा. नबिन ढकाल
आम्दा अस्पतालका मेसु उनले अस्पतालमात्र सुधारेका छैनन् पैसा नहुनेहरुको निशूल्क उपचार पनि गरिदिएकाछन् । आम्दा अस्पतालमा आइसियु निर्माणमा उनको पहल ठूलो छ । त्यतिमात्र नभएर स्वास्थ्य सेवामा दमकमा उनले राम्रो काम गरेर राम्रो छवि बनाएकाछन् । मानवीय सेवा अन्र्तगत स्वास्थ्य सेवामा पुर्याएको योगदानको कदर गर्दै उनको सम्मान भएको हो ।

स्व डम्बर बा. अधिकारी

उनलाई मरणोपरान्त सम्मान गरिएको हो । उनको योगदान दमकमा ठूलो र बिर्सन नसक्ने भएकाले नै नगरपालिकाले सम्झेको हुनु पर्दछ । उनको परिवारका सदस्य बिक्रम अधिकारीले उक्त सम्मान ग्रहण गरे ।

पुर्शराम गिरी
धेरै सुनिएको नाम नभएपनि टोल बिकास संस्थामा उनले राम्रो काम गरेर देखाए । दमक ११ मा नमूना टोल बिकास संस्था मार्फत नमूना सरसफाइ अभियान चलाएका कारण उनि सम्मानित भए ।

20170208_093402पत्रकारलाई गञ्जबहादुर दाहाललाई पनि पुरुस्कार सहित सम्मान
पत्रकारीता क्षेत्रमा दमकका लागि यो नाम नौलो छैन । लामो समयदेखि निरन्तर सक्रिय पत्रकारीता गर्दै आएका उनि आजसम्म कहि बिबाद पनि परेका छैनन् । दमकमा एउटा पुरानो र सम्मानीत ब्याक्तित्वको रुपमा उनको छबि रहेको छ । उनलाई नगरपालिकाले नगद २५ हजार पुरुस्कार सहित सम्मान गरेको हो ।

प्रशासक पशुपतिखतिवडा पनि सम्मानको लिष्टमा
दमक नगरपालिकाका पूर्व कार्यकारी अधिकृत पशुपति खतिवडा पनि सम्मानित भए । उनले नगरपालिकामा रहदा गरेको बिकास निर्माणको कामलाई नगरपालिकाले सम्झेको बताईन्छ । लामो समय खतिवडा दमकमा रहे । अहिले उनि मेचीनगरको कार्यकारी अधिकृतको रुपमा काम गरिरहेकाछन् ।pashupati-khatiwada1

सबै पुरस्कृतहरुलाई हार्दिक बधाइ सहित यस्तै काममा सधै प्रेरणाहोस भन्ने सवाल नेपालको कामना 

शब्द/तस्बिर बिष्णुप्रसाद पोखरेल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah