काठमाण्डु, १२ पुस – प्रधानमन्त्री केपी शर्मा ओलीले २२ तले धरहराको टुप्पोमा चढेर काठमाण्डु हेर्ने इच्छा व्यक्त गरेका छन् । ठेकेदारले दुई वर्षभित्रै धरहरा निर्माणको काम सक्ने उनको विश्वास छ ।
धरहरा पुनर्निर्माणको बिहीबार शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले भने, ‘अब बन्ने धरहराको टुप्पोबाट वातावरण सुधारिएको सुन्दर काठमाण्डु हेर्नुपर्छ । ज्येष्ठ नागरिक पनि चढ्न सक्ने धरहरा बन्छ ।’
धरहराको टुप्पोबाट धुलोमैलो सहर देखिएमा भने लाज हुने उनले बताए । उनले धरहराको पुनर्निर्माण विकासकै लहरको एउटा हिस्सा भएको पनि बताए ।
२०७२ सालको भूकम्पमा भत्किएको भग्नावशेषलाई संरक्षण गर्दै त्यसको छेउँमा २२ तले नयाँ धरहरा निर्माण हुनेछ ।



