https://youtu.be/dYgGaRmlqDs
दमक-बिश्वका तेजस्वी ब्याक्ति झापाली अर्पण शर्माको प्रतिभाको बिषयमा सायद अब धेरै झापाली र नेपालीलाई थाहा भइसकेको छ । उनले तेज स्मरणशक्तिमा बिश्व रेकर्ड कायम गरेकाछन् यसले उनलाइ बिश्वमा चिनाएको पनि छ । तर धोरैलाई थाहा होला उनमा अरु पनि कला रहेको छ । मान्छेमा गला र कला भयो भने त्यसले जिउन अप्ठेरो पर्दैन भनिन्छ । चिनिन गाहे हुदैन भनिन्छ । शर्मामा एउटा अदूभुत स्मरण शक्तिको कलासंगै उनको गला पनि गज्जब छ । उनि महिला र पुरुष स्वरमा मज्जाले गीत गाउन सक्छन् । त्यो पनि तारादेबी, अरुणालामाहरुको गीत । त्यति मात्र होइन उनि साना साना मुक्तक भन्न पनि प्रखर रहेकाछन् । झापाको लखनपुरमा भइरहेको प्रथम राष्ट्रिय बाल महोत्सवमा उनले महिला र पुरुषको स्वरमा गीत गाए । जसले उनको नयाँ प्रतिभाको बिषयमा धेरैले थाहा पाए । उनले स्टेजबाट एउटा सिकाए हरेक क्षेत्रमा मिहिनेत र साधाना आवश्यक रहेको छ । कठोर र अप्ठेरो काम पनि गर्न सकिन्छ ।
https://youtu.be/dYgGaRmlqDs
तस्विर÷भिडियो बिष्णुप्रसाद पोखरेल



