उज्यालो बाल क्लव लखनपुरको आयोजनामा भएको प्रथम राष्ट्रिय बाल महोत्सवको अन्तिम दिन बालबालिकाले स्टेजमा आगो लाग्ने गरि प्रस्तुती दिएपछि सबै सहभागिहरु छक्क परेका थिए । एकपछि अर्को प्र
तिभाले दिएको प्रस्तुतीले महोत्सव स्थल नै तातेको थियो । बालबालिकाको आगो बाल्ने प्रस्तुती देखेर दर्शकहरु अचम्मित भएका थिए ।
गीत गाउन देखि लिएर गायन प्रस्तुत गर्नेहरुले नसोचेको प्रस्तुती दिएका थिए । भरिभराउन स्टेज आसपासमा खचाखचले आयोजकहरुको मुहारमा खुसि छाएको देखिन्थ्यो । महोत्सवको अन्तिम दिन र शनिबार भएकाले दर्शकहरुले खुट्टा टेक्ने ठाँउ पाउन समेत मुश्किल रहेको थियो । अन्तिम दिनको आकर्षण बाल गायिका सुदृष्टि राइ समेत रहेकी थिइन । उनले मन छुने गीत गाएकी थिइन् ।
स्टेजमा बाल क्लवले ल्याएका कतिपय नृत्यहरु निक्कै उत्तेजक र स्टेज नै तताएर आगो बाल्ने खालका समेत रहेका थिए । दर्शकहरु भन्दै थिए–‘आज त बालबालिकाले आगै पो बाल्ने भए ।’ बालबालिकाहरुको प्रस्तुती देखेर अभिभावकहरु पनि दंग परेका थिए भने बालबालिका पनि रमाइरहेका भेटिन्थे ।



