काठमाडौं, २ फागुन । त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष डा. सुधा त्रिपाठीको गाडीमा अझात समूहले आगजनी गरेका छन् ।
कुपण्डोलस्थित युएनपार्क नजिकै त्रिपाठी चढेको बा २ च ५६३० नम्बरको सरकारी गाडी आगजनी गरिएको हो । आगजनीका कारण गाडी क्षतिग्रस्त भएको छ । आगजनी गर्नेको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।



