एजेन्सी । तिब्र गतिले कहिल्यै पनि कसैको राम्रो हुँदैन । दुर्घटनामा तब झन समस्या हुन्छ, जब हेलमेट लगाइएको हुँदैन ।
सामाजिक सञ्जालमा एक भिडियो भाइरल भइरहेको छ । भिडियोमा तीन जना युवक एक बाइकमा देखिन्छन् । यसैक्रममा बाइक सडकमा हिडिरहेको एक गाईसँग ठोक्किन्छ । गाई पनि लड्छ, बाइक पल्टिन्छ ।
तीनै जनालाई सामान्य चोट लाग्छ । तर, बाइक चलाउने युवकको टाउको पनि चोट लाग्छ । यसपछि त्यहाँ रहेका मानिसहरुले ती युवकहरुलाई बाइक चलाउँदा हेलमेट लगाउनु पर्ने शिक्षा दिन्छन् ।
यो भिडियो भारतकै हो । तर, कुन ठाउँको र कहिलेको केही खुलाइएको छैन ।
यो भिडियो सामाजिक सञ्जालमा तिब्र गतिमा भाइरल भइरहेको छ । हालसम्म यो भिडियो १ करोड ४० लाखभन्दा धेरै पटक भ्यू भएको छ ।



