काठमण्डौ/झापाका राजनीतिक तथा सामाजिक अगुवा प्रविण चाम्लिङले राप्रपाको केन्द्रिय सदस्यमा उम्मेदवारी दिने भएकाछन् । राजधानीमा देशभरबाट भेला भएका राप्रपाका नेता कार्यकर्ताहरु संगको छलफल र परामर्श पछि आफू उम्मेदवारी दिने तयारीमा जुटेको चाम्लिङले बताए । आदिबासी जनजातीको कोटाबाट आफू केन्द्रिय सदस्यमा उम्मेदवारी दिने अन्तिम तयारीमा रहेको उनले जनाए ।

रा.प्र.बि.संगठनको झापा संस्थापक हुदै केन्द्रिय उपाध्यक्षसम्म भएका चाम्लिङ राष्ट्रबादी युवा नेताको रुपमा चिनिन्छन् । स्थानीय तहबाट युवाको केन्द्रिय नेतृत्वसम्म पुगेर उनले बिबादरहित रुपमा काम गरेको अनुभव संगालेकाछन् । हाल राप्रपाको केन्द्रिय सदस्य तथा जनजाति बिभाग सदस्य समेत रहेका उनि सामाजिक क्षेत्रमा पनि उत्तिकै सक्रिय रहेकाछन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

पूर्बञ्चलकै ठूलो सामुदायिक तथा क्यूएए प्राप्त दमक क्याम्पसको संचालक सदस्य रहेका उनि आफै पनि बिद्यालय चलाउछन् । झापामा शैक्षिक ब्याक्तित्वको रुपमा समेत उनलाइ चिनिने गर्छ । दमक खेलकुद समितिको उपाध्यक्ष रहेका उनको सञ्चार क्षेत्रमा पनि संलग्नता रहेको छ । पिपुल्स टाईम्स दैनिक पत्रिकाका उनि अध्यक्ष हुन् ।

चुनावी रणनीति बनाउन र जनसम्पर्क स्थापित गर्नका लागि उनि सक्षम मानिन्छन् । युवाको नेतृत्प र ब्याक्तित्व बिकास गर्ने संस्था जेसिमा रहेर पनि उनले काम गरेका थिए । दमक उद्योग बाणिज्य संघको कार्य समिति सदस्य रहदा पूर्वमा नै पहिलो पटक दमकलाई प्लाष्टिमुक्त बनाउने अभियान उनले चलाएर धेरै स्याब्बासी पनि पाए । उनि अहिले स्थानीय स्तरमा सिकेका र गरेका कामहरुको अनुभवको आधारमा पार्टीमा गएर रचनात्मक काम गर्नका लागि आफ्नो उम्मेदवारी भएको दाबी गर्छन् ।