आजसम्म डाक्टर गोविन्द केसीका माग पूरा नगरे शुक्रबारदेखि आकस्मिक बाहेकका सबै स्वास्थय सेवा ठप्प पार्ने चेतावनी आवासीय चिकित्सक संघले दिएको छ।संघले आज (बिहीबार) साँझसम्म पनि सरकारले माग पूरा नगरे सेवा ठप्प पार्ने चेतावनी संघले दिएको हो।
शिक्षण अस्पतालका डाक्टर केसीले १६ औं पटक अनसन बसेको १७ दिन पुगिसकेको छ। केसी निकै कमजोर भइसकेका छन्।
जुनसुकै बेला जे पनि हुन सक्ने भन्दै संघले बिहीबार साँझसम्म अनसन तोडाउन पहल नभए शत्रुक्रबारदेखि आकस्मिक बाहेकका सबै सेवा ठप्प पार्ने संघका अध्यक्ष डाक्टर सुमित पाण्डेले बताए।
डाक्टर केसीको समर्थनमा स्वास्थ्यकर्मीहरुले आज हाटमा कालोपट्टी बाँधेर काम गर्दैछन्।( फाइल तस्बिर )










