धरान / धरान उपमहानगरपालिका ६ का ३१ बर्षीय सुभास बिक्रम भण्डारीलाई श्रीमतिलाई दुव्यवहार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

श्रीमती भेष कुमारी भण्डारीलाई कुटपिट गरेको बिषयमा श्रीमतिले जाहेरी दिए पछि इलाका प्रहरी कार्यालय धरानले उनललाई नियन्त्रणमा लिएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनले निरन्तर श्रीमतिलाई कुटपिट गर्ने गरेको बताइएको छ । गत बुधबार पनि मरासन्न हुने गरी कुटपीट गरे पछि भेषकुमारीले प्रहरीलाई उजुरी गरेकी थिईन ।

निज सुभास बिक्रम भण्डारीलाई पक्राउ गरी अभद्र ब्यवहार गरेको मुद्दामा अनुसन्धान सुरु गरिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी सुमनकुमार तिम्सिनाले जानकारी दिए ।ब्लाष्टबाट