दमक÷झापाको दमक बहुमुखि क्याम्पसमा बिप्लप समुहको माओबादी कार्यकर्ताहरुले लगाएको ताल्चा अनेरास्वयबियू लगायतका संगठनहरुले फारिदिएकाछन् । क्याम्पसको स्वबियू निर्वाचन भाड्ने उदेश्यले गैह् बिद्यार्थीहरुले बिभिन्न हर्कत गरेको भन्दै अनेरास्वबियू, नेबि संघ, अखिल क्रान्तिकारी लगायतका संगठनहरुले संयुक्त रुपमा क्याम्पस प्रमुख र सञ्चालक समितिको कार्यालयमा लगाएको ताल्चा फोरेर यस्तो हर्कत नदोर्याउन चेतावनी समेत दिएकाछन् ।
अनेरास्वबियूबाट क्याम्पसमा स्वबियू सभापतिको उम्मेदवारी दिएका सन्तोष दूलालका अनुसार गैह् बिद्यार्थीहरु आएर क्याम्पस प्रमुखको कुर्सि जलाउने र बिद्यार्थीहरुलाइ आतंकीत बनाउने काम गरेको भन्दै यस्तो नगर्न आग्रह गरे । उनले क्याम्पसमा स्वबियू निर्वाचन कसैले रोक्न नसक्ने बताउदै बिद्यार्थीको अधिकार कुष्ठित गर्ने अधिकार कसैसंग नभएको जिकिर गरे । स्वबियू सचिबका उम्मेदवार रोशन भण्डारीले अनेरास्वबियूले बिद्यार्थी हकहित बिरुद्धको गतिबिधि स्वीकार गर्न नसक्ने बताए ।
नेबि संघका दमक क्याम्पस इकाइ सभापति मीन्टु दुलालले क्याम्पसमा स्वबियू निर्वाचनको प्रक्रिया शुरु गर्नका लागि क्याम्पस प्रशासनलाई आग्रह गर्दै क्याम्पसभित्र ग्रैह् बिद्यार्थीहरु पस्न नदिन आग्रह गरे । आफूहरु निर्धारीत समयमा स्वबियू निर्वाचनहोस भन्ने पक्षमा रहेको उनले जनाए । नेबि संघ बिद्यार्थीहरुको अधिकारलाइ सुरक्षा गर्नका लागि चौबीसै घण्टा क्याम्पसमा रहेर गलत हर्कत बिरुद्ध लडन सक्ने बताए ।
बुधबार बिहान बिप्लव समुहका केहि कार्यकर्ताहरु आएर क्याम्पस प्रमुखको कुर्सिमा आगो लगाएका थिए । केहि दिनअघिदेखि क्याम्पसमा ताल्चा समेत लगाईएको थियो । इलाका प्रहरी कार्यालय दमकका प्रमुख राजन लिम्बुका अनुसार क्याम्पसमा गएर हुलहुज्जत गर्ने र क्याम्पस प्रमुखको कुर्सि जलाउनेहरुको खोजी भइरहेको जनाए । सम्भावित झडपलाई रोक्नका लागि क्याम्पस आसपासमा प्रहरीले सुरक्षाकर्मीहरु परिचालन गरेको छ ।










