बझाङ । बझाङ जिल्लामा सवारी साधनको भाडादर दोब्बरले घटेको छ । बुधबार जिल्ला प्रशासन कार्यलयमा बसेको सरोकारवालाहरुको बैठेकले लामो तथा छोटो दुरीमा चल्ने सबै सवारीका साधनहरुको भाडा दर घटाएको हो । २०६८ साल देखी लागु गरेको भाडा दरलाई हटाएर नयाँ भाडादर कार्यान्वयन गरेको हो । सदरमुकाम चैनपुर देखी तल्कोट सम्म २६ किलोमिटर सडक खण्डमा छ । उक्त कच्चि सडक खण्डको भाडादर ४ सय रुपैयाँ यहाँका स्थानीयले तिर्दै आएका थिए । स्थानीय करिश्मा विकले भनिन् ।
अब उक्त ठाँउको भाडादर घटेर नयाँ भाडादर अनुसार २०८ रुपैया मात्रै तिर्नु पर्ने हुन्छ । २०६८ सालमा सरोकारवालाहरुको बैठेकले नै प्रति किलोमिटर कच्चि सडकको १० रुपैया र पक्की सडकको ५ रुपैयाँ भए पनि अहिले पक्की सडकको ३ रुपैया प्रतिकिलोमिटर र कच्चिको ८ रुपैया तोकीएको प्रमुख जिल्ला अधिकारी प्रेम सिहँ कुवरले बताए ।
बढि जस्तो छोटो दुरिमा चल्ने सवारी धनिहरुले मनोमानि भाडादर लिने गरेको ब्यापक जनगुनासो आए पछि सरोकारवाला संग समन्वय गरि सर्वसम्मतबाट नै भाडादर कार्यान्वय हुने गरि तोकिएको उहाँको भनाई छ । अब सवारी धनि तथा चालकहरुले सेवाग्राहीहरुलाई नठग्ने गरि प्रत्येक ठाँउको भाडादर देखीने गरि सवारी साधनमा टाँस्नु पर्ने र टिकट काउन्टरमा प्रत्येक ठाँउको दरलिष्ट सहित होडीङ्बोर्ड राख्न लगाउने निर्णय समेत भएको प्रमुख जिल्ला असिधकारी कुवरले बताए । यसका लागि आफुहरुले प्रत्यक गाँउपालिका तथा नगरपालिकाहरु संग समन्वय गरि सकेको बताए । अबको केही दिन भित्रै काम सम्पन्न हुने गरि होडिङ्बोर्ड समेत राख्ने गरि कामको सुरुवात गरिएको उहाँको भनाई छ ।
अब यातायात ब्यावसायीहरुले अनिवार्य रुपमा यात्रुहरुलाई टिकट दिनु पर्ने निर्णय समेत गरिएको छ । कच्चि सडकमा प्रति किलोमिटर १५ देखी २२ रुपैया तिर्नु पर्ने झण्झट हटे पछि यहाँका स्थानीय बासिन्दा खुःसी भएका छन् । स्थानीय निकाय बनि सकेपछि कुनै पनि निकायहरुले सवारी साधनहरुले लिने भाडादरमा चाँसो दिएका थिएनन् समाजसेवी विरेन्द्र बहादुर सिहँले बताए । अहिले आएर भाडादर घटेको सुन्न पाउँदा खुःसी लागेको छ । अब यो निर्णय कागजमा मात्रै सिमित नभई कार्यान्वय पनि गरिनु पर्ने उनले बताए । यता जिल्ला प्रशासन कार्यलयले निर्णय कार्यान्वयनका लागि प्रत्यक स्थानीय तहहरुलाई पत्राचार गरि सकेको छ । सवारीका साधनमा क्षमता भन्दा बढि यात्रु बोक्ने सवारी चालक तथा सवारि धनीलाई समेत कडा कार्वाहि गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी प्रेमसिहँ कुवरले बताए ।










