दमक÷झापाको दमकमा घरजग्गाको कारोबारलाइ ब्यवस्थित र संस्थागत गर्नका लागि यहाँका युवा ब्यवसायिहरुले पहलकदमी शुरु गरेकाछन् । पछिल्लो समयमा फस्टाउदै गएको घरजग्गा कारोबारलाइ बैधानिक र ब्यवस्थित बनाउनका लागि एकदर्जन दमकका युवा ब्यवसायिहरु लागि परेका हुन् ।
नेपाल दर्शन डेभ्लोपर्स प्रा.लि. नामक संस्थामा युवा ब्यवसायिहरु एकीकृत भएकाहुन् । प्रा.लि.का बीरेन्द्र न्ेपालका अनुसार घर जग्गा किनबेच, कोठा भाडा लेनदेन, निर्माण सम्बन्धि कार्यहरु, ठेक्का पट्टा प्लटिंग लगायतका कामहरु गरिने छ । बिपत्ति र आपत्तिमा परि ऋण लागेका र विभिन्न कारण बस इज्जत दाउमा लागेका हरुको सहि दाममा सम्पति खरिद गरिदिने, विभिन्न बैंक तथा बितिय सस्था हरुमा ऋण लगेर लिलाममा पर्न लागेको जग्गा हरु सहि दाममा खरिद गरि सहयोग पुर्याउने लगायतका उदेश्यहरु रहेको अर्का सञ्चालक मोहन ढकालले बताए ।
दमकका युवा ब्यवसायिक भीमराज चम्लागाइले यसले घरजग्गा किनबेचलाई सहज बनाउने र कोहि पनि नठगिने जनाए । यस प्रकारको संस्थाको आवश्यकता दमकमा खड्किएर नै आफूहरुले ब्यवस्थित रुपमा कार्यालय खोलेर बुधबारबाट सञ्चालनमा ल्याएको उनको भनाइ रहेको छ । अर्का सञ्चालक दीनेश अग्रवालले प्रारम्भमा दमक क्षेत्र र त्यसपछि यसको कार्यक्षेत्र बढाइदै जाने बताए । दमक र आसपासमा काम गर्ने सोच रहेको उनको भनाइ रहेको छ ।
सामाजिक अभियान्ता भेषराज न्यौपाने युवाहरुले घरजग्गा किनबेचलाइ ब्यवस्थित बनाउन शुरु गरेको प्रयास प्रशंशनिय भएको बताए । उनले यसले घरजग्गा किनबेचलाइ बिश्वसनिय र भरपर्दो बनाउने उल्लेख गरे ।










