काठमाडौं– नेकपाका नेता एवम् संसदको शिक्षा तथा स्वास्थ्य समितिका सदस्य योगेश भट्टराईले अनसनरत गोविन्द केसीलाई विश्वभरका संसदको इतिहास पढ्न आग्रह गरेका छन् । केसीले संसदको तागत र गरिमा वुझ्न नसकेको भट्टराईले आरोप लगाए।

आज जनतावाट निर्वाचित सार्वभौम संसदका सदस्यहरुलाई तथानाम गाली गरेको भन्दै भट्टराईले सो धारणा राखेका हुन्। उनले भने, ‘जनतावाट निर्वाचित सांसदलाई ‘ तिमी को हौ’ भन्ने केसी को हुन् ?’

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

नेता भट्टराईले शुक्रबार हरहालतमा संसदवाट राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित हुने ठोकुवा गरे।केसिका अधिकांश जायज माग समेटिएकाले यसलाई केसीले पनि स्वागत गर्नुपर्ने भट्टराईको ठहर थियोे ।

आज महाराजगन्ज चिकित्सा क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनद्वारा आयोजित ' चिकित्सा शिक्षा विधेयक ' विषयक अन्तर्क्रिया कार्यक्रममा भट्टराईले सो धारणा राखेका हुन् । कार्यक्रममा पुर्व स्वास्थ्य मन्त्री खगराज अधिकारी ,सांसद अन्जना विसंखे, प्रा.डा.रामप्रसाद उप्रेती ,डा. प्रदिप ज्ञवाली लगायतले विधेयक अविलम्ब पारित गर्नुपर्ने धारणा राखेका थिए।