काठमाडौ -चिकित्सा शिक्षा विधेयक संसदबाट पारित हुनुलाई अनसनरत डा गोविन्द केसीले ३ करोड नेपालीमाथिको धोका भएको प्रतिक्रिया दिएका छन्।

अनसनस्थलबाट संक्षिप्त प्रतिक्रिया दिँदै डा केसीले भने, ‘यो ३ करोड नेपाली जनातामाथिको धोका हो।’ उनले संसदले विधेयक पारित गरे पनि आफ्नो अडान नछाड्ने बताएका छन्। चिकित्सा शिक्षा सुधारका लागि मेरो अनसन निरन्तर रहने छ।’

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

डा केसी त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा १६ चरणको अनसनमा छन्। उनको अनसनको आज १७औं दिन हो।

डा केसीसँग यसअघि गरिएको सम्झौताविपरीत संसदले आज चिकित्सा शिक्षा विधेयक पास गरेको छ।