सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीमा सांसद योगेश भट्टराई चिकित्सा शिक्षा विधेयक संसदबाट पारित भएसँगै डाक्टर गोविन्द केसीमाथि राजनीति गर्ने दिन सकिएको बताएका छन्।

शुक्रबार प्रमुख प्रतिपक्षीको अवरोधबीच छलफलबिना चिकित्सा शिक्षा विधेयक प्रतिनिधि सभाबाट पारित भएको थियो। विधेयक पारित भएपछि पत्रकारलाई प्रतिक्रिया दिँदै सांसद भट्टराईले विधेयकमा अनसनरत डाक्टर केसीका माग सबै समेटिएको दाबी गरे।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

‘विधेयक पास गर्ने क्रममा केही तितामिठा कुरा भएका छन्।दुनियाँका संसदीय अभ्यासको परम्परामा यस्तो हुन्छ। हामी प्रतिपक्षीको विरोधलाई सम्मान गर्छौं। सदनले उहाँहरूको विरोध गर्न पाउने अधिकारलाई रक्षा गर्छ र नेकपाले त्यसलाई सहज रूपमा लिन्छ,’ भट्टराईले भने, आधा दशकदेखि छलफल भइरहेको चिकित्सा शिक्षा विधेयक पारित हुनु चिकित्सा शिक्षा क्षेत्रमा क्रान्तिकारी फड्को हो।’

उनले विधेयक पारित हुँदा डाक्टर केसीको सतप्रतिशत जित भएको जिकिर गर्दै अब उनले जिन्दगीभर अनसन बस्नु नपर्ने बताए।

‘योसँगै डाक्टर केसीमाथि राजनीति गर्ने दिन पनि सकिए,’ भट्टराईले भने।

यसअघि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधबीच प्रतिनिधि सभाले चिकित्सा शिक्षा विधेयक पारित गरेको थियो।

आफूसँग भएको सम्झौताअनुसारका व्यवस्था विधेयकमा राख्नु पर्नेलगायत माग राख्दै डाक्टर केसी पुस २५ गते देखि अनसनरत छन्। सेतो पाटि बाट साभार