काठमाडौं, ११ माघ । डा गोविन्द केसीले अनसनलाई निरन्तरता दिने भएका छन् ।

चिकित्सा शिक्षा विधेयक प्रति असन्टुष्टि जनाउदैं १६ औं अनसन बसिरहेको केसीले विधेयक पारित भएपनि अनसन नतोड्ने बताएको केसीका सहयोगी प्रितम सुवेदिले जानकारी दिए । १५ औं अनसनमा भएको सम्झैता अनुसार हुवहु विधेयक नल्याइएको भन्दै केसीले इलामबाट अनसन सुरु गरेका थिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

स्वास्थ्यमा समस्था देखिएपछि उनलाई काठमाडौं ल्याइएपछि शिक्षण अस्पतालमा केसी अनशनरत छन् ।

शुक्रवार संसदबाट नेपालि काग्रसले विरोधका बावजुद चिकित्सा शिक्षा विधेयक पारित भए लगत्तै केसीले अनशन नतोड्ने बताएका हुन् ।

साथै, उनले विधेयक पास भएको परिप्रेक्ष्यमा आफ्नो धारणा राख्न साँझ ५ बजे पत्रकार सम्मेलन आह्वान गरेका छन् ।