झापा । पूर्व पश्चिम राजमार्ग अन्तर्गत झापाको कमल गाउँपालिका ३ सानो केर्खामा मट्टितेल बोकेको ट्याङकर दुर्घटना हुँदा अन्दाजी ८ हजार लिटर मट्टितेल नष्ट भएको छ । दुर्घटनामा परेको ट्याङकर ठूलो घटना हुनबाट जोगिएको प्रहरीले जनाएको छ ।
भारतको सिलिगुढीबाट विराटनगरतर्फ मट्टितेल बोकेर जाँदै गरेको को १ ख १७८८ नम्बरको ट्याङकर स्टेयरिङ फेल हुँदा अनियन्त्रित भई सडकमा पल्टिएको थियो ।
दुर्घटनामा ट्याङकमा भएको अन्दाजी ८ हजार लिटर मट्टितेल पोखिएर नष्ट भएको छ, भने चालक र सहचालक सकुशल रहेको प्रहरी चौकी केर्खाले जनाएको छ ।










