काठमाडौं । रेडियो नेपालकी वरिष्ठ सम्पादक तथा समाचार वाचिका कोमल ओलीले पदबाट राजिनामा दिएकी छिन् । राप्रपाको सक्रिय राजनीतिमा आएपछि उनले सरकारी जागरिकका रुपमा रहेको रेडियो नेपालबाट राजीनामा दिएकी हुन् । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय सदस्य पदकोलागि उम्मेदवारी दिनेगरि उनले तयारी गरेकी छन् ।

२०५० सालबाट रेडियो नेपालमा प्रवेश गरेकी ओली समाचार बाचन र सम्पादनमा काम गर्दै आइरहेकी थिइन । उनको राजीनामासँगै अब राजनीतिक यात्रा प्रष्ट भएको छ । ओलीले अव विशुद्ध राजनीतिमा लाग्नका लागि रेडियो नेपालको जागिरबाट राजिनामा दिएको जानकारी दिइन् । ‘मैले पार्टीको राजनीतिमा जाने निर्णय गरिसकेकाले राजीनामा दिनु उपयुक्त हुन्छ भन्ने निस्कर्षका आधारमा राजीनामा दिएकी हुँ’ ओलीले नेपालपाटीसँग भनिन, ‘रेडियो नेपालबाट औपचारीक रुपमा बाहिरिन केही प्रक्रिया बाँकी छ तर राजीनामा दिइसके भन्दा पनि हुन्छ ।

’ स्रोतका अनुसार ओलीले राप्रपाको सक्रिय राजनीतिमा जाने निर्णय गरेसँगै उनलाई दुइ मध्ये एउटा बाटो रोज्न दवाव पर्दै आइरहेको थियो ।
रेडियो नेपालको ब्यवस्थापनले राजीनामा नदिए कारवाही गर्ने तयारी पनि गरेको थियो । त्यही कार्वाहीबाट बच्नकै लागि ओलीले राजीनामा दिएको बुभिएको छ । नैतिकताको आधारमा सरकारी जागिर खान र राजनीति गर्न नमिल्ने हुँदा आफुले राजीनामा दिएको ओलीले पनि स्वीकार गरिन् । ओलीले केहीमहिनाअघि मात्रै राप्रपाको सक्रिय राजीनितमा लागेको सार्वजनिक रुपमा नै घोषणा गरेकी थिइन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah