काठमाडौं । सार्वजनिक बसमा युवतीको कपालमा वीर्य फालेको भिडियो भाइरल बनेपछि महिलाहरुको एक समूह सुरक्षाको माग गर्दै प्रहरीमा पुगेको छ । महिलामाथि यौनहिंसा गर्ने युवकलाई पक्राउ गर्न र घटनाको गम्भीर अनुसन्धान गर्न माग गर्दै महिलाहरुको एक समहुले महानगरीय प्रहरी अपराध महाशाखामा लिखित उजुरी दिएको छ । युवतीको इज्जतमाथि खेलवाड गर्ने पुरुषको पहिचान गरी कारवाही गर्न उजुरीमा आग्रह गरिएको छ ।
शुक्रवार दिउँसो सामाजिक सञ्जालमा एक युवतीको कपालमा बिर्य झरेको भिडियो भाइरल भएको थियो । सार्वजनिक बसेको पछिल्लो सिटमा बसेका एक युवकले अश्लिल हर्कत गर्दै युवतीको कपालमा बिर्य झारिदिएका थिए ।
प्रहरीमा उजुरे परेलगतै प्रहरी प्रधान कार्यालयले चासो देखाएको छ । प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले सवारी साधनभित्र गरिएको अश्लिल हर्कतबारे गम्भीर ध्यानाकर्षण भएको र घटनाबारे सुक्ष्म अनुसन्धान भइरहेको बताएका छन् ।
युवतीमाथि अश्लील हर्कत भएको बस प्रहरीले नियन्त्रणमा लिएको छ । शुक्रवार प्रहरीले भिडियोको आधारमा बा २ ख ९३२६ नम्बरको बस नियन्त्रणमा लिएको हो । ढल्कुदेखि लगनखेल रुटमा चल्ने बसमा यस्तो हर्कत भएको थियो । बस नियन्त्रणमा लिएपछि युवकको पनि पहिचान हुने र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।










