दमक/झापा कन्काई नगरपालिका ८ स्थित घागरा खोला स्थित हाईवेमा पुर्वबाट पश्चिम तर्फ जादै गरेको मे १ त १४८९ नम्बरको ट्याकटर आफै अनियन्त्रित भई दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । ट्याक्टर चालक झापा कन्काई नगरपालिका १ बस्ने बर्ष ४७ को बिनोद कुमार दर्नालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
यसैगरी झापा विर्तामोड नगरपालिका वडा नंं २ रिद्दि सिद्दि चोक स्थित हाईवेमा आज सवारी दुर्घटना भएको छ । पुर्व बाट पश्चिम तर्फ जादै गरेको को २८ प ११९७ नम्बरको मोटर साइकललाई बिपरित दिशाबाट आउदै गरेको बा १४ च ६५९६ नम्बरको कारले ठक्कर दिदा मोटर साइकल चालक झापा बिर्तामोड नगरपालिका ६ बस्ने बर्ष ४९ को कृष्ण मान पौडेल घाईते भई बि एण्ड सि अस्पताल बिर्तामोडमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।










