काठमाडौं– पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्य अवस्था सुधारन्मुख देखिएको छ।

ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचाररत् अधिकारीको स्वास्थ्य अवस्था सुधारान्मुख देखिएको उनका स्वीकय सचिव महेश बिष्टले जानकारी दिए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

गत पुस २३ गते अस्पतालमा भर्ना भएका अधिकारीको स्वास्थ्यमा सुधार भएपछि घर लगिएको थियो। घर लगेपछि उनको स्वास्थ्यमा पुनःसमस्या देखिएपछि गत माघ २ गते भर्ना गरिएको थियो।

उनको मुटु, श्वासप्रश्वास र छातीमा सङ्क्रमण देखिएको छ। मुटुमा समस्या भएपछि गत बुधबारदेखि सघन कक्षमा उनको उपचार भइरहेको छ।

८२ वर्षीय अधिकारीले उपप्रधानमन्त्री, अर्थमन्त्री, स्थायी कमिटी सदस्यलगायत पार्टी, राजकीय र सामाजिक क्षेत्रका महत्वपूर्ण जिम्मेवारी सम्हालेर देश र जनताको सेवा गरेका छन्। नेपाल लाइभ बाट साभार