काठमाडौं : नेपाल सरकारले फागुन महिनाभित्र २० हजार कर्मचारीको नयाँ भर्ना माग गर्ने भएको छ। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले आगामी फागुनभित्र करिब २० हजार निजामति कर्मचारीको माग गरिने शनिबार घोषणा गरेका छन्

नेपाल यातायात महिला चालक समूहद्वारा आयोजित प्रमाणपत्र वितरण तथा सम्मान कार्यक्रममा उनले संघीय लोकतान्त्रिक प्रणालीलाई व्यवस्थित गर्न हाल उक्त संख्यामा कर्मचारीको आवश्यकता रहेको मन्त्री पण्डितले बताए। उनले यसका लागि माघ महीनाभित्र कर्मचारी समायोजनको कार्य सम्पन्न गरिने बताए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

महिला सशक्तिकरण र उनीहरूको आत्मनिर्भरताका लागि उक्त समूहले विभिन्न सीपमूलक तालीम सञ्चालन गरेकामा त्यसको सराहना गर्दै मन्त्री पण्डितले भने, ‘मुलुकमा पूर्वाधार विकास तथा उत्पादन क्षेत्रमा लगानी गरेर ठूलो सङ्ख्यामा रोजगारी सिर्जना गर्न सकिन्छ।‘

पर्यटन विभागका महानिर्देशक डुन्डुराज घिमिरेले व्यावसायिक सीपका माध्यमबाट दक्ष जनशक्ति उत्पादन तथा महिलाको आर्थिक रुपान्तरणमा भूमिका निर्वाह गरेको उक्त संस्थालाई सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। थाहा खबर बाट