यदि तपाइको कुनै पनि काम हुँदा हुँदै रोकिएको छ भने वा लामो समयदेखि कुनै शुभ काम भएको छैन भने तपाइले भगवान गणेश लाई प्रशन्न गर्नपर्छ ।

मानिन्छ कि उहाको कृपाले घरमा शुभ कार्य हुन्छ। शिव पुत्रलाई खुशी बनाउनको लागी तपाइले कुनै मुस्किल उपाय गर्न जरुरत छैन। तपाई यी सजिलो उपायले पनि गजानन्दलाई प्रसन्न गर्न सक्नुहुन्छ। तर यसको लागी यो जरुरि छ कि यो उपायहरु सहि तरिकाले र भक्तिले गर्नपर्छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

१. दुबोले भगवान गणेशको पूजा गर्नाले उनि अधिक प्रसन्न हुन्छन्। किनकि दुबोमा अमृत हुन्छ। गणपति अथर्वशीर्षमा भनिएको छ कि जसले पनि दुबोले भगवान गणेशको पुजा गर्छ उ कुबेर समान हुन्छ।

२. लड‍्डू भगवान गणेशको मनपर्ने भोग हो। गणपति अथर्वशीर्षको अनुसार जो भक्तले उनलाई मनपर्ने भोग अर्पित गर्छ, उनीहरुमा भगवान गणेशको कृपा सधै रहन्छ र मनोकामना पनि पुरा हुन्छ। शास्त्रमा लड्डूको तुलना ब्रह्मासँग गरिएको छ।

३. पंचामृतमा एउटा अमृत घ्यु हुन्छ । गजानन्दलाई घ्यु पनि धेरै मनपर्छ । भगवान गणेशको कृपा हासिल गर्नको लागी घ्युले गणेशजिको पुजा गर्नुपर्छ। जसले गणेशजिको घ्युले पुजा गर्छ उसको बुद्धि तेज हुन्छ। – एजेन्सी