झापाको गौरादहमा गएराति आगलागी हुँदा दुईवटा घर पूर्णरुपमा जलेका छन्। गौरादह नगरपालिका–१ बेलडाँगी चोकस्थित देवराज लिम्बुको २ तले काठको घरमा विद्युत सर्ट भई आगलागी हुँदा करिब ४१ लाख १७ हजार रुपैयाँ बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ। आगलागीबाट घरमा रहेका गरगहना, खाद्यान्न, लत्ता कपडासहित पशुचौपायासमेत जल्दा २९ लाख ९१ हजार बराबरको क्षति भएको बताइएको छ। यसक्रममा त्यससँगै जोडिएको एक तले पक्की घरमासमेत क्षति पुगेको इलाका प्रहरी कार्यालय दमकका प्रमुख राजन लिम्बुले जानाकारी दिए। आगलागीबाट सोही घरमा भाडामा बसेका धनसिंह लिम्बुको २ लाख ५० हजार नगदसहित सम्पूर्ण सामान जल्दा ११ लाख २९ हजार बराबरको क्षति भएको जनाएको छ। राति करिब साढे १ बजेबाट लागेको आगो करिब ३ घण्टापछि दमक नगरपालिका र बिर्तामोडको दमकलको सहायतामा प्रहरी र स्थानीय बासिन्दाले नियन्त्रणमा लिएका थिए। आगलागी प्रभावित परिवारका सदस्यहरु भने सकुसल रहेको प्रहरीले जानकारी दिएको छ।
मध्यरातमा गौरादहमा आगलागि हुदा हाहाकार
सवाल नेपालसंवाददाताबिहीबार, ३ फागुन २०७३

मध्यरातमा गौरादहमा आगलागि हुदा हाहाकार
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण

यो पनि पढ्नुहोस् »
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइने
बुधबार, १३ जेठ २०८३
निजी अस्पतालमा १६ गतेदेखि बीमाले आकस्मिक बाहेकमा काम नगर्ने
बुधबार, १३ जेठ २०८३



