काठमाडौं, माघ १३ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष प्रचणडकी जीवनसंगिनी सीता दाहालको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ ।

रुघाखोकी, ज्वरोलगयातको संक्रमण भएपछि गत साता ललितपुरको सुमेरु अस्पताल भर्ना भएकी दाहाललाई आज आईसियुबाट वार्डमा सारिएको हो । छोरी गंगा दाहालका अनुसार, अहिले अवस्था सामान्य रहेको छ । ज्वरो पूर्णरुपमा नियन्त्रण आईरहेको छ । सामान्य वार्डमा केही समय उनको अवस्था निरिक्षणपछि सम्भवतः भोली डिस्चार्ज हुन सक्ने अस्पतालले जनाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यसैबीच वार्डमा सारिएपछि अध्यक्ष प्रचण्ड पत्नी सीता दाहाललाई भेटन सुमेरु पुगेका छन् । अस्पतालमा अध्यक्षले दाहालको स्वास्थ्य अवस्थाबारे डाक्टरसँग परामर्श गरेका छन् ।

एभरेस्ट दैनिक बाट साभार