दमक : दमक ३ स्थित भुटानी शरणार्थी शिविरमा आइतबार साँझ आगलागी भएको छ।
आगलागीबाट ७ ओटा टहरा जलेर नष्ट भएका छन् भने बाँकी ५ ओटा आगो नियन्त्रणका क्रममा भत्काइएको छ। बेलडाँगी २ सेक्टर बी ४ की अनिता राईको छाप्राबाट आगलागी शुरु भएको जनाइएको छ।
आगलागीका क्रममा २० लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षण खगेन्द्र एक्तेनले जानकारी दिएका छन्।










