माघ १७ गते दमकमा मुख्यमन्त्री र मन्त्रीहरुलाइ आमन्त्रण

दमक/झापाको दमकमा माघ १७ गतेदेखि शुरु हुने बृहत प्रदेशस्तरीय बालमहोत्सवमा सहभागि हुन आग्रह गर्दै १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राइ सहित मन्त्रीहरुलाइ आमन्त्रण गरिएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

दमक नगरपालिका उपप्रमुख एवं महोत्सव मुल आयोजक समितिका संयोजक गीता अधिकारी सहितको टोलीले आमन्त्रण गरेको हो ।

प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने महोत्सवमा सहयोगका लागि समेत टोलीले आग्रह गरेको छ ।

आइतवार बिराटनगरको गएको टोलीले आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्की, आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्वो लगायतलाइ निमण्त्रण गरिएको अधिकारीले बताइन् ।