जनकपुर,१४ माघ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले प्रदेश २ सरकारलाई जनकपुर चुरोट कारखाना लिमिटेड खाली गराउन निर्देशन दिएका छन्। चुरोट कारखाना पुनः सञ्चालनका लागि लगानीकर्तालाई आह्वान गरिसकेको उल्लेख गर्दै मन्त्री यादवले मुख्यमन्त्री लालबाबु राउतलाई भवन खाली गर्न निर्देशन दिएका हुन् ।
उनले मुख्यमन्त्री यादवसँग कारखाना पुनः सञ्चालन गर्ने र यसका लागि प्रदेश सरकारको सचिवालय स्थापना गर्न अर्को व्यवस्था नभएसम्मको लागि आवास क्षेत्र प्रयोग गर्ने सहमति भएको बताए ।
उनले भनेः‘अहिले नै त्यो बोर्ड उखेलेर फालिदिएँ भने म माथि संघीयता विरोधीको धब्बा लागिहाल्ला भनेर छोडिदिएको हुँ। तर, तत्काल कारखाना परिसर खाली गर्न प्रदेश सरकारसँग मेरो माग छ ।’
उनले तत्काल कारखानाभित्र थुप्रेको सुर्ती तथा कबारका सामान बिक्री गरेर आवश्यक्ता अनुरुप नयाँ मेसिन जडान गरी कारखाना चलाउने तयारी रहेको समेत जानकारी दिए ।










