माघ १४, २०७५

पोखरा- दीपक मनाङ्गे भनिने राजीव गुरुङले अन्ततः पद तथा गोपनियताको शपथ लिएका छन् । गण्डकी प्रदेश सभामा सोमबार उनलाई प्रदेश सभामुख नेत्रनाथ अधिकारीले पद तथा गोपनियताको शपथ खुवाएका हुन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

रेशम चौधरीले शपथ लिएलगत्तै मनाङ जिल्ला प्रदेश (ख) बाट निर्वाचित दीपक मनाङ्गेको पनि शपथको लागि चौतर्फी दबाब थियोे । विभिन्न विवादित मुद्दामा मुछिएका उनले प्रदेशसभा सुरु भएको झण्डै १४ महिनापछि शपथ लिएका हुन् । शपथपछि उनले ढिलै भए पनि राम्रो भएको पत्रकारसमक्ष प्रतिक्रिया दिए ।