आजको- पञ्चाङ्ग
वि.सं. २०७५ साल माघ १५ गते,मंगलबार,इश्वी सन् २०१९ जनवरी २९ तारिख,शकसंवत् १९४०, विरोधकृत् संवत्सर,उत्तरायण,शिशिर ऋतु, नेपाल संवत् ११३९ पोहेलागा,माघ कृष्णपक्ष,तिथि– नवमी, १९:१६ बजेउप्रान्त दशमी,नक्षत्र– विशाखा, १९:४८ बजेउप्रान्त अनुराधा,योग– गण्ड, ११:१७ बजेउप्रान्त वृद्धि,करण– तैतिल, ७:३१ बजेदेखि गर, १९:१६ बजेउप्रान्त वणिज,आनन्दादिमा श्रीवत्स योग,चन्द्रराशि– तुला, १३:४५ बजेउप्रान्त वृश्चिक, सूर्योदय– ६:५४ बजे, सूर्यास्त– १७:४० बजे र दिनमान २६ घडी ५५ पला।
भोलिको- पञ्चाङ्ग
वि.सं. २०७५ साल माघ १६ गते,बुधबार, इश्वी सन् २०१९ जनवरी ३० तारिख,शकसंवत् १९४०,विरोधकृत् संवत्सर,उत्तरायण, शिशिर ऋतु,नेपाल संवत् ११३९ पोहेलागा,माघ कृष्णपक्ष,तिथि– दशमी, १९:०९ बजेउप्रान्त एकादशी,नक्षत्र– अनुराधा, २०:१७ बजेउप्रान्त ज्येष्ठा,योग– वृद्धि, ९:५० बजेउप्रान्त ध्रुव,करण– वणिज, ७:०९ बजेदेखि भद्रा, १९:०९ बजेउप्रान्त वव,आनन्दादिमा सौम्य योग,चन्द्रराशि– वृश्चिक,सूर्योदय– ६:५४ बजे, सूर्यास्त– १७:४१ बजे र दिनमान २६ घडी ५९ पला,सर्वार्थसिद्धि योग ७:०९ बजेसम्म र १९:०९ देखि २०:१७ बजेसम्म। सहिद दिवस।
आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
फसिने डरले सताउन सक्छ, झगडा पनि हुनसक्छ,पारिवारिक जमघटमा मन रमाउनेछ, चौपाया दोपायाबाट आंशिक फैदा हुनेछ,नयाँ काम र जिम्मेवारी मिल्नेछ,काममा विलम्ब र खर्च बढ्ने योग छ,अभिभावकसँग संयमतापूर्वक व्यवहार गर्नुहोला, व्यवसायमूलक भ्रमण गर्ने समय छ,आजको शुभ अंक १० रहेको छ।
वृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
केही चुनौती देखिए पनि समुदायको हक हितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिनेछ,अधुरा कामहरू बन्नेछन्, आँटेका काम समयमा पूरा गर्न नसकिएला,भेटघाटमा पनि अलमलिनुपर्ला,सुरुमा काम बन्नुका साथै प्रशस्तै आम्दानी हात पर्नेछ,आजको शुभ अंक ११ रहेको छ।
मिथुन (का, कि,कु, घ, ङ , छ, के, को, ह) –
टाढिएका साथीभाइ नजिकिनाले सुखदुःखमा साथ पाइनेछ, स्थितिमा सुधार आउनाले धेरै काम बन्नेछन्,आफ्नै कमजोरीले परिवारजनमा असन्तुष्टि बढ्न सक्छ,पहिलेको उपलब्धिले काममा उत्साह जगाउनेछ,पहिलेका सहयोगी भने प्रतिस्पर्धीका रूपमा देखा पर्न सक्छन्,आजको शुभ अंक १२ रहेको छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
लगनशीलताले अप्ठ्यारा समस्या सुल्झाउँदै सामाजिक प्रतिष्ठा दिलाउनेछ,आफन्तबीच अविश्वास बढ्ला,सचेत रहनुहोला,गोप्य रहस्य पत्ता लाग्नेछ,धार्मिक क्रियाकलापमा रुचि जाग्नेछ भने मान–सम्मान पनि पाइनेछ,गाँस्नेहरूले सताउन सक्छ,सुरुमा अस्वस्थताका बीच कामको बोझ बढ्नेछ,आजको शुभ अंक ५ रहेको छ।
सिंह(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
पेटको गडबडीले सताउन सक्छ,सचत रहनुहोस्,सभा सम्मेलनमा सहभागि हुने अवसर मिल्नेछ,मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ,झुटा आरोप लाग्नुका साथै परिबन्धले अनावश्यक झमेला थपिदिन सक्छ, वादविवाद र झैझगडाबाट टाढै बस्नु बुद्धिमानी हुनेछ,आजको शुभ अंक ५ रहेको छ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
साइनो गाँस्नेहरूले भने दुःख दिनेछन्, परिस्थितिको बन्धनमा परिने समय छ,हिम्मतले काम लिनेहरूलाई भने फाइदै हुनेछ, बोलीको गलत अर्थ लाग्नाले वाद विवादमा परिएला,सचेत रहनुहोस,विभिन्न अवसर प्राप्त हुनेछन्,पारिवारिक आवश्यकता पूरा गर्न सकिनेछ,आजको शुभ अंक ३ रहेको छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)–
पहिलेको उपलब्धिले अध्ययनमा उत्साह जगाउनेछ, कम्जोर अनुभूति हुनेछ,गोप्य रहस्य पत्ता लगाउन सफल भइने छ,कुनै पनि काम गर्दा घर सल्लाह गर्दा राम्रो छ,स्वास्थ्य कमजोर देखिए पनि इच्छाशक्ति बढ्नाले चाँडै लक्ष्य प्राप्त गर्न सकिनेछ,विशेष उपहारका साथ प्रेमको प्रस्ताव प्राप्त हुन सक्छ,आजको शुभ अंक ६ रहेको छ।
वृश्चिक (तो,व ना, नि, नु, ने, नो, या, यि, यु)
कामको बोझ थपिनेछ,धार्मिक क्रियाकलापमा बाधा हुनेछ,बिचार गरेर गर्द पनि अरुसँग नरामरो हुने योग छ,आँटेका काममा सहयोगीहरूले साथ दिनेछन् र थप हौसला मिल्नेछ,काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ,प्रशंसकहरू बढ्नेछन् भने नाम,दाम र इनाम हातपार्ने समय छ,आजको शुभ अंक ७ रहेको छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)–
गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला,प्रयत्न गर्दा प्रतिस्पर्धीहरूलाई हराउन सकिनेछ,प्रशस्त धनलाभ हुनेछ, लगानीको राम्रो प्रतिफल उठाउन सकिएला,उठ्नुपर्ने रकम हातलागी भए पनि तत्काल खर्चनुपर्ला,सामान्य काम र उद्देश्यविहीन भ्रमणमा बढी समय बित्न सक्छ,आजको शुभ अंक ८ रहेको छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
लगानी बढाउँदा व्यवसायबाट लाभ मिल्न सक्छ, अनुभवले ज्ञानको दायरा बढ्नेछ,निर्णय गलत ठाउ“मा पर्नाले फाइदा अर्कैका हातमा जानेछ,परिवारजनसँगको सम्पर्कले मनमा आनन्द मिल्नेछ,नयाँ काममा हात हाल्ने समय आएको छ, राजनीति र नोकरीमा लाग्नेहरूलाई फाइदा हुनेछ,आजको शुभ अंक ९ रहेको छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
गोपनीयतामा ध्यान दिनुहोला,प्रयत्न गर्दा विदेश यात्राको अवसर समेत जुट्न सक्छ, बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ,घरेलु समस्या देखापर्न सक्छन्,स्वास्थ्यमा देखिने कमजोरीले काममा समेत बाधा पुर्याउनेछ,धैर्यले काम लिन सकिनेछ, लगनशीलताले गुमेको प्रतिष्ठा दिलाउनेछ,आजको शुभ अंक ८ रहेको छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
बलजफ्ती गर्दा थप समस्या आउन सक्छन्,विश्वास गुम्ने सम्भावना छ,सचेत रहनुहोला,द्योग–धन्दामा विशेष सफलता पाइनेछ,शत्रु र रोगबाट पनि छुटकारा मिल्नेछ,मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ,श्रमको प्रतिफल कमैमात्र हातलागी हुनेछ,आजको शुभ अंक १ रहेको छ
दिब्य ज्योतिष बाट साभार



