काठमाण्डु, १५ माघ – सरकारले सशस्त्र द्वन्द्वका क्रममा ज्यान गुमाएका २ हजार ८ सय ७ जना सुरक्षाकर्मीलाई सहिद घोषणा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो ।
सशस्त्र प्रहरी बलको अठारौं स्थापना दिवसको अवसरमा आज बलको मुख्यालय हलचोकमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी ओलीले १ हजार १८ जना सेना, १ हजार ४ सय ४८ जना नेपाल प्रहरी, ३ सय १८ जना सशस्त्र प्रहरी र २३ जना राष्ट्रिय अनुसन्धान विभागका गरी २ हजार ८ सय ७ जना सुरक्षाकर्मीलाई सहिद घोषणा गरिएको जानकारी दिए ।











