अष्ट्रेलियाको न्यू साउथ वेल्सस्थित मारोउब्रा समुन्द्रमा डुबेर हराइरहेका सुदीप उप्रेतीको शव फेला परेको छ। मरिन प्रहरी, डाइभर्स प्रहरी तथा हेलिकोप्टरबाट उद्धारकर्मीको खोजीबाट उनको शव बिहिबार भेटिएको हो। शव सोमबार सृष्टि भण्डारीसँगै समुन्द्रमा डुबेका उप्रेतीको भएको सुरक्षाकर्मीले पुष्टि गरेका छन्।

सोमबार साँझ मारोउब्रा समुन्द्री तटबाट सृष्टि भण्डारीसँगै सुदीप समुन्द्रमा डुबेका थिए। भ्यालेन्टाइन्स डेको पूर्वसन्ध्यामा समुन्द्र तटमा गएका बेला सुदीप र सृष्टिलाई समुन्द्रले बगाएको थियो। सोमबार साँझ मारोउब्रा समुन्द्री तटबाट सृष्टि भण्डारीसँगै सुदीप समुन्द्रमा डुबेका थिए। भ्यालेन्टाइन्स डेको पूर्वसन्ध्यामा समुन्द्र तटमा गएका बेला सुदीप र सृष्टिलाई समुन्द्रले बगाएको थियो। साँझ पख साथीहरुलाई केही समयपछि फर्किन्छौं भनेर उनीहरु समुन्द्रतर्फ गएका थिए। नफर्किएपछि साथीहरुले उनीहरुलाई समुन्द्रले बगाएको शंकामा खोजी तीब्र पारिएको थियो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उद्धारकर्मीले सृष्टिको शव मंगलबार बिहान समुन्द्री तटको उत्तरी किनारमा फेला पारेका थिए। झापा घर भएका सुदीप र काठमाडौंकी सृष्टि दुवै न्यू साउथ वेल्स विश्वविद्यालयमा अध्ययनरत विद्यार्थी हुन्।

प्रहरी अनुसन्धानले दुवै जनाको मृत्यु पानीमा डुबेर भएको देखिएको छ। गत वर्ष डिसेम्बरमा पनि दुई नेपाली विद्यार्थी समुन्द्रमा डुबेका थिए। डुबेर मृत्यु हुने नेपालीको संख्या अष्ट्रेलियामा बढ्दै गएको छ।

यो घटनालेअत्यन्तै मर्माहत तुल्याएको छ! स्वर्गीय आत्माको चिर शान्तिको कामना गर्दै शोकाकुल सबैमा भगवानले धैर्य धारण गर्ने शक्ति प्रदान गरून् !!