काठमाडौं । प्रधानमन्त्री निवास वालुवाटार अगाडीबाट नेविसंघका ३० जना नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रधानमन्त्री निवासको ३ नम्बर गेट अगाडी सिठ्ठी जुलुस गर्दै गर्दा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले निषेधित क्षेत्रमा प्रदर्शन गरिएकाले उनीहरुलाई पक्राउ गरेको बताएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

पक्राउ पर्नेमा केन्द्रिय सदस्य शुशिल भट्टसहित निरन्जन थापा, गणेश सापकोटा, शशांकश्री न्यौपाने, रमेश बस्ताकोटीलगायतका नेता कार्यकर्ता रहेका छन् । केन्द्रिय सदस्य भट्टको नेतृत्वमा प्रदर्शन गरिएको थियो । पक्राउ परेका नेविसंघका नेताहरुलाई अहिले प्रहरीले नेपाल पुलिस क्ल्ब पुर्याएको भट्टले जानकारी दिए । राजधानी दैनिक बाट साभार